कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका-६ चानदेव ढक्का स्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोहि ठाउँका भुपेन्द्र सिंहको ११ वर्षीया छोरी अमृता सिंहको घटना स्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाटा नगरपालिका-१२ का ४० वर्षीय मान बहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...