कैलालीबाट लागूऔषध सहित तीन जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाडाँबाट २२० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ गजरौलाका २६ वर्षीय राजेश लुहार बुधबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लुहारलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Bhancha ghar0

यस्तै कैलालीको भजनी नगरपालिका-३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागूऔषध खैरोहेरोईन सहित कैलालीको लम्कीचुहा नगरपालिका-१ भुरुवाका २२ वर्षीय दिनेश चौधरी सहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन् । मोटरसाईकलको टुल बक्स भित्र लुकाई राखेको अबस्थामा लागूऔषध फेला पारी मोटरसाईकल सहित दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुबै जनालाई प्रहरी चौकी जनकपुर कैलाली र सशस्त्र प्रहरी बल बीओपी कुसुमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...