काँग्रेस कञ्चनपुरबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आकांक्षी

कञ्चनपुर- राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस कञ्चनपुरले ८ जनाको नाम सिफारिस गरि पठाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेसबै क्लस्टरमा ८ जनाको नाम सिफारिस गरि पठाएको हो ।

Bhancha ghar0

काँग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार सबै क्लस्टरमा आकांक्षी उम्मेदवारहरुको नामावली सुदूरपश्चिम प्रदेश कार्यसमितिमा पठाएको नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । उनका अनुसार खुल्ला तर्फबाट केन्द्रीय सदस्य यज्ञराज जोशीसहित चार जनाको सिफारिश गरिएको छ । जसमा यज्ञराज जोशी, बलदेव बोहरा, प्रेम कुमार बिष्ट र ठाकुर बरालको नाम सिफारिस गरिएको छ ।

अपाङ्ग तर्फ निवर्तमान जिल्ला सचिव दिवाकर पाण्डेयको नाम सिफारिस गरिएको छ । यस्तै महिलातर्फ कल्पना केसी, माया भट्ट र शान्ता शर्माको नाम सिफारिस गरिएको सचिव भट्ट बताउँछन् । प्रदेश कार्यसमितिले सिफारिस भएका नामहरु केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारको नाम टुंगो लगाउने छ।

Loading...