कञ्चनपुरबाट लागुऔषध सहित एक पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय पक्राउ परेका हुन् ।

उनको स्थायी ठेगाना भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल हो । वडा प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले उनलाई एक दशमलव २१ ग्राम लागुऔषध सहित पक्राउ गरेको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ ।

Loading...