सुदूरपश्चिममा नाम मात्रको प्रज्ञा-प्रतिष्ठान

धनगढी– सुदूरपश्चिममा नाम मात्रको प्रज्ञा-प्रतिष्ठान स्थापित छ । १५ महिनासम्म प्रतिष्ठानको कार्यसमितिले समेत पूणर्ता पाउन सकेको छैन् ।

यही बिचमा प्रतिष्ठानको प्रथम सभा एवं परिषद बैठक भने सम्पन्न गरिएको छ । प्रतिष्ठानका कुलपति तथा मुख्यमन्त्री कमल बहादुर शाहले प्रतिष्ठानको ऐन संशोधन प्रकृया तत्काल अगाडि बढाएर प्रतिष्ठानलाई पूणर् स्वायत्त बनाउने दाबी गरेका छन् । उनले कार्यसमितिलाई समेत छिटो पूणर्ता दिने र जनशक्ति व्यबस्थापन गरेर कार्यक्रम कार्यान्वयन ढाँचा स्वीकृत गर्ने निणर्य गरेको बताए ।

सामाजिक विकास मन्त्री तथा प्रतिष्ठानका सह-कुलपति झपट बहादुर साउदले ऐन संशोधनका लागि मन्त्रालय अघि बढेको बताउदै राय परामर्शका लागि अर्थ र कानून मन्त्रालयमा पठाइएको बताए । प्रतिष्ठानका उप-कुलपति टीएन जोशीले कुलपति तथा सह-कुलपति समक्ष प्रतिष्ठानलाई पूणर्ता दिन र ऐन संशोधन तत्काल गर्न लिखित रुपमै आग्रह गरेका छन् ।

उनले उप-कुलपति नियुक्त भएको १५ महिना वितिसक्दा पनि प्रतिष्ठानले पूणर्ता नपाएको, ऐन संशोधन नहुँदा कतिपय काम अगाडी नबढेको तथा कार्यालय सञ्चालनमै कठिनाइ भइरहेको बताए । तत्काल ऐन परिमार्जन गरेर नेपाल प्रज्ञा प्रतिष्ठान जस्तै अधिकार सम्पन्न बनाउनुपर्ने उनले बताए । प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरि लम्साल र सामाजिक विकास मन्त्रालयका निमिक्त सचिव गणेश बहादुर सिंहले पनि प्रज्ञा प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउन सहयोग गर्ने बताए ।

Loading...