टीकापुरबाट बहु-बिबाह मुद्दाका फरार प्रतिबादी पक्राउ

कैलाली- कैलालीको टीकापुरबाट बहु-बिबाह मुद्दाका फरार प्रतिबादी पक्राउ परेकी छिन् । टीकापुर नगरपालिका-१ बस्ने २६ वर्षीया माया चौधरी शुक्रवार पक्राउ परेकी हुन् ।

कैलाली जिल्ला अदालतले २०७२ माघ १० गते उनलाई बहु-बिबाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरको ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिसकेको प्रहरीले बताएको छ ।

Loading...