कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ

Bhancha ghar0

अत्तरिया– कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५ सय ७० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । उनी माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...