अत्तरिया- कैलालीको अत्तरिया बसपार्कमा लफडा भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको अत्तरिया बसर्पाकमा बस सञ्चालक कम्पनीहरूका कर्मचारीहरू बिचमा लफडा भएको हो ।
खप्तड यातायातका कर्मचारी जीत बहादुर साउँद र शिवपुरी यातायातका कर्मचारी खेम साउँद तथा विवेक खवासका बिचमा लफडा भएको हो । उनीहरूको बिचमा सोमवार बिहान बसपार्कमा झगडा भएको भन्दै मालाखेती प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ बसन्तटोलका जीत बहादुर साउँद माथि कुटपिट भएको हो । साउँदले खेम र विवेकको विरुद्धमा मालाखेती प्रहरीमा निवेदन दिएका छन् । उनले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा निवेदन दिएका हुन् ।
तर, इलाका प्रहरी कार्यालय, मालाखेतीले खेम साउँद र विवेक खवासलाई पक्राउ गरेको छैन । प्रहरीमा निवेदन दिएको भए पनि उनीहरू पक्राउ नपरेका जीत साउँदले बताए ।