अत्तरियामा ऐँठन उपन्यासको अन्तक्रिया

अत्तरिया- वरिष्ठ साहित्यकार बिबेक ओझाको मदन पुरस्कार-२०७९ प्राप्त सफल कृति ‘ऐँठन’ उपन्यासको अन्तक्रियात्मक (पुस्तक यात्रा) कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा उक्त पुस्तकका बिषयमा चर्चा परिचर्चा समेत गरिएको हो ।

कार्यक्रम प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगरपालिका कञ्चनपुर स्थित ज्योति सामुदायिक पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपाल रहनु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित विभिन्न महानुभावहरुले ऐँठन कृतिसँग सम्वन्धित विभिन्न प्रश्नहरु सोध्नु भएको थियो । त्यसपछि ऐँठनका कृतिकार विवेक ओझाले ती प्रश्नहरुको पालै पालो उत्तर दिएका थिए ।

ओझाको जन्मस्थान अछाम जिल्ला हो भने हाल टिकापुर कैलाली रहेको छ । कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष जोशीले सुदूरपश्चिमका लेखक ओझाले मदन पुरस्कार जस्तो सम्मान पाउनु भएकोले उहाँको सम्मानमा यो कार्यक्रम आयोजित गरिएको बताए । ‘अहिले शसस्त्र युद्धमा निर्दोष ब्यक्तिहरु पनि मरिरहेका छन ।’ उनले भने, ‘ऐँठन उपन्यासमा शसस्त्र युद्धले उपन्यासका प्रमुख पात्र पबन कुमार की स्वास्नी र छोराको मृत्यु हुन्छ । उनिहरु युद्ध सँग जोडिएका थिएनन् शसस्त्र युद्ध बिडम्बना थियो ।’

यस्तै पुस्तक यात्रा कार्यक्रमहरु पुर्व देखी पश्चिम सम्म सँचालन हुने बताइएको छ । युद्ध सुन्दर हुँदैन । परिबर्तन शान्तिबाट पनि सम्भब छ भने । युद्ध गर्नु हुन्न । युद्ध समयको ऐँठन हो भनेर उपन्यासले बताएको छ ।

ओझाको शैक्षिक योग्यता मास्टर इन मेनेजमेन्ट हो । उनले सुदूरपश्चिमबाट २०७९ सालको नगद ४ लाख रुपैयाँ मदन पुरस्कार पाएका हुन् । उनका प्रकाशित कृतिहरूमा एक पाइला आकास गजल संग्रह, ऐलानी र एैँठन उपन्यास रहेका छन । उनले ऐँठन उपन्यास ५ बर्ष लगाएर लेखिएको बताए ।

कार्यक्रम समापनमा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले ऐँठनका कृतिकार विवेक ओझा तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र नेपाललाई प्रतिभा सामुदायिक पुस्तकालयको मुखपत्र “प्रतिभा” सादर समर्पण समेत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार निर्मल भण्डारीले प्रस्तुत गरेको कार्यक्रमको संचालन पुस्तकालयका सल्लाहकार सदस्य खेम बतासले गरेका थिए ।

Loading...