सेती प्रादेशिकको प्रयोगशालामा आज थप १९ जनामा कोरोना पुष्टि

अत्तरिया, १७ असार- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Dadeldhura hospital

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचाररत रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ७ जना बिरामी अस्पतामा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

Loading...