एक महिला १५ दिन देखि बेपत्ता

कञ्चनपुर– कञ्चनपुरकी १ महिला १५ दिन देखि बेपत्ता छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १०, भीम वस्तीकी ३३ वर्षीया लक्ष्मी बिष्ट कार्तिक २८ गते साँझ ५ बजेको समयमा घरबाट निक्लेकोमा मंगलवार सम्म फेला नपरेकी हुन् ।

Bhancha ghar0

धनगढीकी १ जना साथीबाट ४ हजार रुपैयाँ सापटी लिएकी बिष्टको घरमा पैसा माग्न गएकी ती साथीसँग झगडा भएको र त्यसपछि लक्ष्मी घरबाट बेपत्ता भएको लक्ष्मीका श्रीमान हेमन्त बिष्टले बताए ।

३ सन्तानकी आमा बिष्टको खोजी गर्न पति हेमन्तले इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा जाहेरी दिएको बताएका छन् ।

५ फिट १ इन्च उचाइ भएकी गहुँ गोरो वणर्की बिष्टलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी या मोबाइल नम्बर ९८४७१८०८३४ मा सम्पर्क गर्न हुन परिवारले आग्रह गरेको छ ।

Loading...