एकीकृत समाजवादीको विद्यार्थी टोली भूकम्प प्रभावित क्षेत्र तिर प्रस्थान

धनगढी- नेकपा एकीकृत समाजवादीको विद्यार्थी समूह भूकम्प प्रभावित क्षेत्र तिर प्रस्थान गरेको छ । सुदूरपश्चिमबाट १० जनाको टोली भूकम्प प्रभावित क्षेत्र तिर लागेको हो ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्वयुका अनुसार कैलाली जिल्ला कमिटीको एक टोली जाजरकोट र रुकुम पश्चिम तिर लागेको छ । भूकम्प प्रभावितहरूका लागि अस्थायी टहरा निर्माणका लागि उनीहरू प्रभावित क्षेत्र तिर गएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

एकीकृत समाजवादीको प्रदेश पार्टी कार्यालयबाट पोलीट व्युरो सदस्य परमानन्द भट्ट र केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्र्चाज दीर्घ सोडारीले उक्त टोलीलाई टिका लगाएर शुक्रवार बिदा गरेका छन् । उनीहरुले भूकम्प पीडितका अस्थायी टहरा निर्माणका लागि स्वयंसेवकको रूपमा काम गर्ने छन् ।

अनेरास्ववियुका कैलालीका अध्यक्ष रमेश बोहराका अनुसार कैलालीबाट ६ जना र कञ्चपुरबाट ४ जना गरेर १० जनाको समूह भूकम्प प्रभावित क्षेत्र तिर लागेको हो ।

उनीहरूले प्रभावित क्षेत्रमा एक हप्ता काम गर्ने छन् । अनेरास्ववियूको केन्द्रीय निणर्य अनुसार ७७ वटै जिल्ला कमिटिहरूले टोली सो क्षेत्रमा पठाएको छ ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटको ठुलो मानवीय र भौतिक क्षति पुराएको थियो ।

Loading...