क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश नं.७ संगठन समितिको दोस्रो पुर्ण बैठक सुरु

अत्तरिया- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश नं.७ संगठन समितिको दोस्रो पुर्ण बैठक अत्तरियामा सुरु भएको छ । अत्तरियाको प्रतिभा पुस्तकालयको हलमा बिहीबार (मंसिर ७) बाट सुरु भएको बैठक ८ गते सम्म चल्ने बताइएको छ ।

Navadurga sun

बैठकको अध्यक्षता तथा सँचालन प्रदेश सँयोजक क. राम बहादुर चौधरी ‘महान’ ले गरेको कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी क. प्रबिर रहेका थिए ।

उपस्थित नेताहरुमा कैलाली जिल्ला इन्चार्ज राम बहादुर केसी ‘डायमण्ड’, सँघर्ष केन्द्रीय समिति सदस्य तथा प्रदेश कार्यालय सदस्य तपेन्द्र तिमिल्सिना, कँचनपुर जिल्ला इन्चार्ज शेर बहादुर देउवा ‘शिखर’, केन्द्रीय समिति सदस्य रुद्र कडेल, केन्द्रीय समिति सदस्य तथा गोदावरी नगरपालिका इन्चार्ज टंक कोइराला, कैलाली जिल्ला सँयोजक तथा केन्द्रीय समिति सदस्य प्रकास रावल, केन्द्रीय समिति सदस्य समुद्र थापा, उपाध्यक्ष केन्द्रीय समिति सदस्य केशव राज, केन्द्रीय समिति सदस्य क. राम भट्ट, प्रदेश सदस्यहरु लगायत ७०/८० जनाको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...