बाजुरा- बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बेलुका जुवा खेलिरहेको अवस्थामा नगद र तास सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, गौमुल गाउँपालिका १ का ४१ बर्षिया गोपाल रोकाया, उद्योग वाणिज्य संघ बाजुराका वरिष्ठ उपाध्यक्ष चक्र रोकाया, गौमुलकै ४१ बर्षिया दिल बहादुर रोकाया, साँफेबगर नगरपालिका वडा नम्बर ३ का ४३ बर्षिया नवराज कुँवर, धनगढी उपमहानगरपालिका २ का सुरज कुँवर, गौमुल ३ बेहरीका बल बहादुर रोकाया र गौमुल ३ धलकाँडाका टेक धामी, गरी ८ जनालाई जुवा खेलिरहेको अवस्थामा ४०हजार १ सय ४५ रुपैयाँ नगद सहित प्रहरीले नियन्त्रणमा लिएको हो।


नियन्त्रणमा रहेका सबैलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कभिन्द्रसिंह बोहोराले बताए ।

