डोटीका ३ वर्षीय सारांशले जिते मोटरसाइकल

डोटी-  डोटीका ३ वर्षीय सारांश भट्टले मोटरसाइकल जितेका छन्। डोटी उद्योग वाणिज्य संघले आयोजना गरेको चिट्ठा उपहार कार्यक्रम ‘लक्ष्मीको नजर कसलाई?’ मा ३ वर्षीय बालक सारांश भट्ट मुख्य विजेता वनेका छन्।

आइतबार दिपायल पिपल्लामा खोलिएको चिट्टाबाट दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका सारांशले १५० सिसीको बजाज पल्सर मोटरसाइकल जितेका हुन्।

Navadurga sun

विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०८० को उपलक्ष्यमा खेलाइएको चिट्ठा उपहार कार्यक्रममा सारांशका बुवाले छोराको नाममा चिट्ठा काटेका थिए। चिट्ठा कार्यक्रममा शिखर नगरपालिका–१० का विक्रम नाथ दोस्रो भएका छन्। उनले ‘सामसुङ ग्यालेक्सी एजिरोफोरएस’ मोबाइल जितेका छन्।

त्यस्तै, तेस्रो भएका शिखर नगरपालिका–२ मुडेगाउँका ऋषिराज जोशीले १० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले जानकारी दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...