अछाममा युवकको हत्या गरी फरार महिला काठमाडौंबाट पक्राउ

Dadeldhura hospital

काठमाडौँ- गत साता अछाममा युवकको हत्या गरेको घटनामा फरार महिला काठमाडौंमा पक्राउ परेकी छिन्। अछाम पञ्चदेवल बिनायक नगरपालिका बडा नम्बर ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

Ganyapdhura gau

गत १७ कात्तिकमा उनी समेतका व्यक्तिले छिमेकी १८ वर्षिय दीपेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेकी लक्ष्मीलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए। थप अनुसन्धानका लागि उनलाई अछाम पठाइएको उनले जानकारी दिए।

 

Couple
Loading...