अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

अछाम- अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलका रवीन्द्र देउकरको श्रीमती ३५ वर्षीया सरस्वती देउकरको मृत्यु भएको हो।

Dadeldhura hospital

मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरीर भरी एक्कासि अरिङ्गालले टोकेपछि उनी घाइते भएकी थिइन्।

Navadurga sun
Godawari sandesh

घाइते सरस्वतीको स्थानीय अस्पताल बयल पाटामा उपचारको क्रममा सोही साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृतक देउकरका एउटा १० महिने दुधे बालक सहित तीन वटा नाबालकहरू रहेका छन् । घरको सम्पूर्ण जिम्मेवारी बोकिरहेकी मृतका श्रीमान् भर्खरै कामको सिलसिलामा मलेसियामा छन् ।

 

 

Loading...