धनगढीमा एक युवकको हत्या

धनगढी- कैलालीमा एक युवकको हत्या भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर लालबहादुर थापाको हत्यार गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार सोमवार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका कृष्ण सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए।

Navadurga sun
Godawari sandesh

बेहोस अवस्थामा फेला परेका उनलाई प्रहरीले घरसम्म पुगाएको थियो। उनको हत्या हुँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारको आरोप छ। उनको हत्या भएपछि मंगलवार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो।

सेट्टीले बाँसको लाठीले प्रहार स्वीकार गरेको चन्दले बताए। ३८ वर्षीय थापाले पसलबाट मदिरा चोरी गरेपछि दुई पटक बाँसको लाठीले प्रहार गरेको प्रहरी समक्ष कृष्ण सेट्टीले बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। थापाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ।

Couple
Loading...