डोटीमा नवजात शिशुको शव फेला

डोटी- डोटीको सेती नदीमा एक नवजात शिशुको बेवारिसे अवस्थामा शव फेला परेको छ। डोटीको शिखर नगरपालिका–६ तिलतालिस्थीत सेती नदीमा एक नवजात शिशुको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टका अनुसार बिहीबार साँझ ५ बजेको समयमा सेती नदीमा पानी जमेको ठाउँमा शव फेला परेको हो। मृतक शिशुको पहिचान भएको छैन् ।

Navadurga sun

८/९ महिनाको जस्तो देखिने नवजात शिशु कसले किन र कसरी फालेको हो भन्ने बारे जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। नवजात शिशु फाल्नेको खोजी कार्य भइरहेको र शिशुको शव पोष्टमार्टम जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरी निरीक्षक बिष्टले बताए ।

 

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...