कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Dadeldhura hospital

अत्तरिया, १३ असार– कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका वडा नं. ३ कुचैनीमा पूर्वबाट पश्चिम आइरहेको से.२ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका वडा नं. १७ धुर्जनाका करिब २८ वर्षीय सीताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो । गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

Loading...