दिनेश खबरको सम्पादकमा वीरेन्द्र भट्ट नियुक्त

धनगढी– दिनेश खबरको सम्पादकमा वीरेन्द्र भट्ट नियुक्त भएका छन्। दिनेश सञ्चार गृहको व्यवस्थापनले भट्टलाई सोमबार दिनेश खबर र दिनेश एफएमको सम्पादकको जिम्मेवारी दिएको हो। एक दशक बढी समयदेखि पत्रकारितामा संलग्न भट्ट साढे दुई वर्षदेखि दिनेश सञ्चार गृहमै कार्यरत थिए।

Dadeldhura hospital

दिनेश सञ्चार गृहकी समाचार निर्देशक आरजु हमालले भट्टलाई सम्पादकमा नियुक्त गरेकी हुन्। उनले व्यावसायीक सफलताको थप उचाईमा दिनेश सञ्चार गृहलाई पुर्‍याउन नयाँ सम्पादक भट्टलाई शुभकामना समेत दिए। साथै दिनेश सञ्चार गृहकी कार्यकारी निर्देशक अमिता कुँवरले नवनियुक्त सम्पादक भट्टलाई सफताको शुभकामना समेत दिएकी छन्।

Navadurga sun
Godawari sandesh

नवनियुक्त सम्पादक भट्टले व्यवसायीक पत्रकारितालाई अझ उचाईमा पर्‍याउन समाचार कक्षलाई नेतृत्व गर्ने प्रतिबद्धता जनाए। उनले यसलाई नयाँ प्रविधिसँग जोडेर लैजान आफूले काम गर्ने पनि बताए। काठमाण्डौँबाट प्रकाशित हुने ‘आर्थिक अभियान’ राष्ट्रिय दैनिक र ‘न्यु विजनेश एज’को सुदूरपश्चिम प्रदेश व्युरो प्रमुख भएर ८ वर्ष काम गरेका नवनियुक्त सम्पादक भट्टले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातक गरेका छन्। उनीसँग राष्ट्रिय र स्थानीय पत्रिकासँग आबद्ध भएर काम गरेको कार्यानुभव पनि छ।

Loading...