अछाममा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

धनगढी- अछाममा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्बाकी १० वर्षीया झर्ना बि.क को सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

झर्नालाई बारीमा बाख्रा चराइरहेका बेला आइतबार अरिङ्गालले टोकेको थियो। उनको उपचारको क्रममा सोमवार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...