कञ्चनपुरका सिडिओ महतोको फेसबुकबाट पैसा मागेपछि……..

कञ्चनपुर, १२ असार– कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट पैसा मागिएको छ। सिडिओको नयाँ फेसबुक खाता खोल्दै पैसा सहयोग गर्न भनिएको हो। हाल सिडिओले प्रयोग गर्दै आएको फेसबुक खाताको प्रोफाइल र कभर फोटोको प्रयोग गर्दै बिभिन्न व्यक्तिलाई पैसा सहयोग गरिदिन म्यासेज आउने गरेको छ ।

Dadeldhura hospital

सिडिओ महतोले भने अज्ञात व्यक्तिले आफ्नो नक्कली फेसबुक आईडी बनाएर त्यस्तो कार्य गरेको बताए । उनले यस आइडीबाट विभिन्न व्यक्तिसँग रकम मागेको समेत जानकारीमा आएकोले त्यस आइडीलाई ब्लक र फ्रेन्ड रिक्वेष्ट आएमा साथी नबनाउन आग्रह गरेका छन् ।

Navadurga sun
Godawari sandesh

उनले अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न समेत बताएका छन् । आफ्नो नामको फेसबुक अकाउण्ट खोल्ने जो कोहीलाई आवश्यक कानूनी कारबाही गर्ने सिडिओ महतोले बताए । तर उक्त खाता अहिले बन्द गरिएको छ।

Loading...