सुदूरपश्चिममा बिरामीका दुःख, डाक्टरविहीन अस्पताल

टीकापुर- टीकापुर अस्पतालले केही समयअघि बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, इएनटी, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, फिजिसियन एकरएक जना र पाँच जना मेडिकल अधिकृत गरी ११ जना भर्नाका लागि आवेदन माग्यो ।

रेडियोलोजिस्ट, फिजिसियन र मेडिकल अधिकृतमा एकरएक जनाको आवेदन प¥यो । तीनै जना छनोट पनि भए तर छनोट भएका रेडियोलोजिस्टले टीकापुरकै निजी अस्पताल रोज्नुभयो र सरकारी अस्पतालमा सम्झौता गर्न आउनुभएन ।

११ जनाका लागि खुलेको विज्ञापनबाट दुई जना मात्रै चिकित्सक सम्पर्कमा आए । २५ शय्याको स्वीकृति पाएको टीकापुर अस्पतालमा ७५ शय्या सञ्चालनमा छ तर दरबन्दी २५ शय्या बराबर पनि छैन ।

टीकापुर अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा एक लाख ३७ हजारले स्वास्थ्य सेवा लिएका छन् । दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी आउने यस अस्पतालमा चिकित्सक अभाव हुँदा दिनभर ओपिडीमा लाइन लागेका बिरामीले चार बजेसम्म पनि पालो नपाई त्यसै फर्किनु परेको अवस्था छ ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी अस्पताल व्यवस्थापनले चाहेर पनि सबै बिरामीलाई समयमा सेवा पु¥याउन कठिन रहेको बताए । उनले भने, “सरकारले स्थायी पदपूर्ति गर्नु पर्छ, त्यसो नहुँदासम्म पुराना ऐन नियम संशोधन गरी विशेषज्ञ डाक्टरलाई समय अनुसारको तलब व्यवस्था गर्नु पर्छ ।”

यो समस्या टीकापुरको मात्र होइन, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पनि यो वर्ष रेडियोलोजिस्ट र स्त्रीरोग विशेषज्ञ दुईरदुई जना र मनोचिकित्सक तथा औषधी विशेषज्ञ एकरएक जनाको माग गरेकोमा एक जना रेडियोलोजिस्ट मात्रै सम्पर्कमा आए ।

Dadeldhura hospital

“२५० शय्याको सेती प्रादेशिक अस्पतालमा स्वीकृत दरबन्दीको ६० प्रतिशत चिकित्सक मात्रै छन्,” अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शेरबहादुर कमरले भने, “सङ्घीय सरकारले प्रदेशको अस्पताल भन्छ, प्रदेश स्थापना भएदेखि चिकित्सकको भर्ना खोलेको छैन । करारमा विशेषज्ञ डाक्टर आउनै मान्दैनन् ।”

प्रादेशिक अस्पतालमै आवश्यक मात्रामा चिकित्सक भेटिँदैनन् भने गाउँमा स्वास्थ्य सेवा पाउन झन् कठिन छ । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृतको दरबन्दी छ तर विगत चार वर्षदेखि सरकारले कुनै डाक्टर पठाएको छैन ।

स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य सेवा सुधार गर्न खोज्दा पनि सेवा दिने चिकित्सक पाउन गाह्रो छ । “भजनी नगरपालिकाले मासिक साढे तीन लाख रुपियाँ तलब दिने गरी एमडिजिपीका लागि दरखास्त आह्वान गर्दा पनि पाएन,” भजनी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कैलाशबहादुर डगौरा भन्छन्, “एमडिजिपीको विज्ञापन गर्दा आवेदन नै परेन । दोस्रो पटक विज्ञापन गर्दा एक जनाको दरखास्त त प¥यो तर तलब चित्त नबुझेको भन्दै छनोट प्रक्रियामै आउनुभएन ।”

भजनी नगरपालिकाले १५ शय्याको आधारभूत अस्पताल सञ्चालन गर्दै छ । त्यसका लागि पालिकाले खर्च बेहोर्ने गरी तीन जना मेडिकल अधिकृत राखेर चौबिसै घण्टा सेवा दिइरहेको छ।

स्वास्थ्य शाखाका प्रमुख डगौरा भन्छन्, “अब जनसङ्ख्या बढ्यो, नागरिकलाई गुणस्तरीय सेवा दिन डाक्टर चाहिन्छ । अझै एक जना मेडिकल अधिकृत भर्ना गर्ने तयारीमा छौँ तर आउँछन् कि आउँदैनन् भन्नेमा शङ्का छ ।”

कैलालीकै जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी गाउँमा डाक्टर पाल्नु भनेको हात्ती पाल्नु जस्तै भएको र पटक पटक सूचना गर्दा पनि नपाएपछि धेरै तलब दिएर राख्नु परेको बताए ।

टीकापुर अस्पतालमा विशेषज्ञ डाक्टर नभएपछि टीकापुर नगरपालिकाले आकर्षक तलब दिएर एक जना बालरोग विशेषज्ञ र एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ राखेको छ तर बिरामीको चाप धेरै हुँदा चिकित्सकको कमी नै छ ।गोरखापत्रबाट

Loading...