दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीका दिलिप सिंह महरको श्रीमती ५० वर्षीया जयमती महरको आइतवार मृत्यु भएको हो।

घरदेखि अन्दाजी पाँच सय मिटर टाढा रातापोड भन्ने स्थानमा आईतबार दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा जयमती गम्भिर घाइते भएकी प्रहरीले बताएको छ।

Navadurga sun

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...