नेपाल रेडक्रस अत्तरिया उपशाखालाई कृष्णपुर नगरपालिकाको आथिक सहयोग





अत्तरिया, ११ असार– कञ्चनपुरकाे कृष्णपुर नगरपालिकाले नेपाल रेडक्रस उपशाखा अत्तरियालाई आथिक सहयोग गरेको छ । सुदूरपश्चिमको प्रवेश अत्तरिया द्वारमा रहेको यस संस्थाले लामो समयदेखि विभिन्न सेवा प्रदान गर्दै आएको यस संस्थालाई थप सेवा संचालनका लागि कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले १ लाख रुपैया सहयोग स्वरुप रेडक्रसका सचिव भरत खड्कालाई हस्तान्तरण गरेका छन् ।


उक्त रकम अत्तरियामा रहेको नेपाल रेडक्रस उपशाखालाई ब्लड अभाव नहोस् भन्नको लागि उक्त सहयोग गरेको सुचना अधिकारी प्रेम बोगटी बताए । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले अत्तरियामा अब ब्लड अभावले कसैको पनि मृत्यु नहोस् भनि उक्त रकम सहयोग गरेको समेत बताएका हुन् । सामाजिक सेवामा म लगायत कृष्णपुर नगरपालिका सधैं आम जनताको साथमा रहने नगर प्रमुख हमालले बताए ।



