


धनगढी– धनगढीमा खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ७१० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित बिहीबार साँझ एक जना पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले धनगढी-५ का ३५ वर्षीय मुकेश कुँवरलाई लागूऔषधसहित पक्राउ गरेको बताएको छ ।





