Satyawati
Division ban Pahalmanpur

गेटामा मेडिकल विश्वविद्यालयको विधेयक अघि बढेपछि संघर्ष समिति उत्साहित

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गेटामा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निणर्य भएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निणर्य गरेको थियो ।

Malpot office dadeldhura

गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अगाडि बढेको भन्दै विश्वविद्यालयका लागि लामो समय देखि संघर्ष गरिरहेकाहरू सबै भन्दा बढी उत्साहित देखिएका हुन् । सरकारले गेटामा माघ २९ गते नै शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेको थियो । सो निणर्य कार्यान्वयन गर्न सङ्घर्षका कार्यक्रम अघि बढाइएको थियो ।

हालै मात्र विधेयको ड्राफ्ट तयार भएर सदनमा पेश गर्ने निणर्य भएपछि विश्वविद्यालय बन्नेमा ढुक्क हुने अवस्था सृजना भएको भन्दै संघर्षरत पक्ष उत्साहित देखिएको छ । शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मंगलबारको मन्त्रिपरिषद्को निणर्य पछि आफूहरू निकै उत्साहित भएको बताए । उनले बिहीबार संघर्ष समितिको बैठक बसेर सरकारको निणर्यको स्वागत गर्दै धन्यवाद ज्ञापन गरिएको समेत बताए ।

संघर्ष समितिले सरकारबाट पारित भएको विधेयक अविलम्ब संसद्मा पेश गरेर पारित गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालय, प्रतिनिधि सभाका सभामुख समक्ष अपिल गर्ने निणर्य पनि गरेको छ । बैठकले विधेयक अविलम्ब पास गरी गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनका लागि दबाव दिन शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाउने निणर्य संघर्ष समितिले गरेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...