अत्तरिया, १७ असोज । कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । विजया दशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गरि ईलाका प्रहरी कार्यालय मालाखेतीले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
नागरिक तथा सवारी साधनको आवागमन सहज होस भन्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।