डोटीको शिव शिखर सहकारीमा प्रशासनले गर्‍यो सिल

डोटी- डोटीको दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार उक्त सहकारीलाई सिल गरेको जनाएको हो।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमान्डौंको पत्रअनुसार शिव शिखर सहकारी संस्थाको दिपायल शाखा सिल गरिएको हो।

Navadurga sun

यसअघि शिव शिखर सहकारी संस्थाले आफूहरूलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा बचतकर्ताहरूले जाहेरी दिएका थिए। शिव शिखरबाट ठगिएको भए जाहेरी दिन भन्दै प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो।

प्रहरीले जाहेरी दिन सूचना जारी गरेपछि बचतकर्ताहरूले एक हजारदेखि १२ लाख रुपैयाँसम्म ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...