नेकपा एसले देशभर १५ दिने समाजवादी जागरण अभियान कार्यतालिका सार्वजनिक

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक भएको छ।
एकीकृत समाजवादीको उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले यो अभियानको असोज १३ गते झापाको काँकडभित्तामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरिने जानकारी दिए।

उनका अनुसार असोज १४ गते भिन्न – भिन्न समयमा काँकडभित्ता, असोज १५ गते इटहरी, इनरुवा, भारदह र राजविराजमा जागरण अभियान सञ्चालन हुनेछ।

Navadurga sun

असोज १६ गते बिहान राजविराज, असोज १७ मा जनकपुर, १८ गते रौतहट, १९ गते पथलैया, २० गते कावासोती, बर्दघाट लगायतका विभिन्न स्थानमा जागरण अभियान सञ्चालन हुनेछ।

असोज २१ गते भैरहवा, बुटवल, २२ गते सैनामैना, चन्द्रौटा, २३ गते घोराही, तुलसीपुर, २४ गते नेपालगञ्ज, २५ गते राजापुर, टिकापुर, २६ गते लम्की, सुख्खड, २७ गते पुनर्वास, झलारी र २८ गते छिन्चु, सुर्खेत, वीरेन्द्रनगर लगायतका स्थानमा जागरण अभियान सञ्चालन हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...