बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बैतडी- बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको हिजो राति गाडीको ठक्करबाट मृत्यु भएको हो।

बाजुराबाट घर आइरहेका महरालाई दशरथ चन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ। ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

Navadurga sun

महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथ चन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तहरूले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएको बताइएको छ।

शव बिच सडकमै रहेको छ। राजमार्ग अवरुद्ध हुँदा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरू रोकिएका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...