


अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिले क्याम्पसमा प्राध्यापनरत ३ जनालाई बधाई तथा सम्मान गरेको छ ।






उक्त क्याम्पसका सह प्राध्यापक डा.डम्बर बहादुर पाल, सह प्राध्यापक डा. विष्णु बहादुर कठायत र क्याम्पस प्रमुख डा.नरेन्द्र बहादुर ऐरले विधावारिधि प्राप्त गरेको मा संघले बधाई कार्यक्रम गरेको हो । क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर संघले बधाई दिएको संघका सभापती जनक राज जोशीले बताए ।

कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति सह प्राध्यापक डा. राजेन्द्रवीर चन्द रहनु भएको थियो भने विशिष्ट अथितिमा सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ कोषाध्यक्ष गिरीराज कडायत रहनु भएको थियो ।





