अत्तरियामा रहेको दुर्गा मन्दिर सेवा समितिको धार्मिक सभा एवम् चौथाे साधारणसभा सम्पन्न

अत्तरिया, ६ असोज । कैलाली गोदावरी नगरपालिका वडा नं १ मा रहेको श्री दुर्गा मन्दिर सेवा समितिले धार्मिक सभा एवम् चौथो साधारण सभा सम्पन्न भएको छ । शनिबार आफ्नै प्राङ्गणमा समितिले धार्मिक सभा एवम् चौथो साधारण सभा सम्पन्न गरेको हो ।

समितिका अध्यक्ष कृष्णराज ओझाको सभापतित्वमा भएको उक्त साधारण सभामा प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशीले समितिले साधारण सभा गरेर धर्म समाजका बारेमा र मानिसले गर्नुपर्ने काम कर्तव्यहरुका बारेमा छलफल गर्ने अवसर जुराएको बताए । ‘हाम्रो समाजमा अनुशासन हितका कायम छ । धर्म प्रति प्रति हाम्रो आश्था छैन ।’ उनले भने, ‘जे जति पनि अत्याचारहरु भैरहेको छ । त्यो धर्मको अभावको कारणले हो ।’ शास्त्रमा भनिएको छ । जो मान्छे धर्मको बाटोबाट हिडैन त्यो पशु जस्तै हो । जसरी परिवारमा अनुशासनको आवश्यकता हुन्छ त्यसरी नै धर्मको पनि आवश्यकता हुन्छ । धर्म र अनुशासन भन्नु एक सिक्काका दुई पाता हुन उनले भने ।

हामीले धर्म र अनुशासनलाई अक्षरेश पालन गर्‍यौ भने हामी अवश्य पनि हाम्रो समाजलाई अगाडी बढाउन मद्दत गर्ने उनले बताए ।

Dadeldhura hospital

उक्त साारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थाका अध्यक्ष ओझाले मन्दिरको व्यवस्थापन कार्य अगाडी पट्टी राखिएका खोकाहरुको भाडाबाट भएको बताए । मन्दिरले भाडा वाफत २१ हजार ७ सय उठाउने गरेको छ जसमध्ये १० हजार पुजारीलाई दिने व्यवस्था मिलाएको ओझाले बताए ।

मन्दिरमा आवाशको व्यवस्था नभएको कारणले मन्दिरमा अन्य प्रदेशबाट आएकालाई आवाशको व्यवस्था नरेको बताए । मन्दिरमा यज्ञ घरको पनि उतिकै नै आवश्यक रहेको छ । यस समितिमा ४ सय ६२ जना सदस्य रहेको छ । मन्दिरमा धेरै पूर्वाधारहरु निर्माण गर्नुपर्ने देखिन्छ ।

साधारण सभामा संघ संस्थाका पदाधिकारी, जनप्रतिनीधिहरु, बुद्धिजीवी, समाजसेवी, उद्योगी व्यापारी लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन लिला बास्कोटाले गरेका थिए ।

त्यस्तै साधारणसभाको बन्दसत्र भोली (आइतबार) बस्ने बताएको छ । साधारण सभाले बन्दसत्रबाट नयाँ कार्यसमिति समिति समेत चयन गर्ने बताइएको छ ।

श्री दुर्गा मन्दिर सेवा समितिकाे धार्मिक सभा एवम् चौथो साधारण सभामा बाेल्नु हुँदै प्रदेश प्रमुख देवराज जाेशी

Loading...