कैलालीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

धनगढी- कैलालीमा एक युवक ब्राउनसुगरसहित पक्राउ परेका छन्। जिल्लाको सत्ती भन्सारमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका हुन्।

टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार प्रहरी चेक पोस्टबाट ४ ग्राम १ सय ७० मिलिग्राम ब्राउनसुगरसहित कैलालीकै बर्दगोरिया गाउँपालिका–२ जगतपुरका २५ वर्षीय रविन्द्र टमट्टालाई बुधबार साँझ पक्राउ गरिएको हो।

Navadurga sun

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार प्रहरी चौकी कालाकुण्डाको टोलीले शङ्का लागेर चेकजाँच गर्दा टमट्टाको साथबाट उक्त पदार्थ फेला परेको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...