सुदूरपश्चिममा एक हजार बढी झोलुङ्गे पुल निर्माण

काठमाडौँ- सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो ।

उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो ।

Navadurga sun
Godawari sandesh

अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हजार ८४१, गण्डकीमा दुई हजार २६४, लुम्बिनीमा एक हजार ४१९, कर्णालीमा एक हजार २४२ र सुदूरपश्चिम प्रदेशमा एक हजार २५९ गरी कुल १० हजार ४०९ वटा झोलुङ्गे पुल निर्माण भएको विभागले जनाएको छ । विभागका महानिर्देशक भरतप्रसाद अर्यालले सरकारले अहिले दैनिक औसत रूपमा दुई वटा झोलुङ्गे पुल निर्माण गर्दै आएको बताउनुभयो ।

पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दुरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार सरकारले पहाडी जिल्लामा तरितराउलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो ।

“पहिला झोलुङ्गे पुल नदी तरितराउका लागि मात्र हुन्थ्यो,” उनले भने, “अहिले नदी तरितराउका साथै आवतजावतमा दुरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।”

Dadeldhura hospital

उनका अनुसार पुल निर्माणका लागि सरकारले सबै प्रकारका सहयोग गरेको र झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको हो ।

१२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीन वटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर गौरी श्रेष्ठले नदी, खोल्साखोल्सी तरितराउका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि सार्वजनिक सेवाप्रदायक निकायसँग पहुँच अभिवृद्वि भएको बताए ।

उनका अनुसार देशभर निर्माण भएका झोलुङ्गे पुलले विशेष गरी महिला, जनजाति र उत्पीडनमा परेका वर्ग र समुदायका लागि सामाजिक एवं आधारभूत स्वास्थ्य सेवा, अवसर र स्रोतमा पहँुच अभिवृद्वि भएको छ ।

“देशैभर धमाधम निर्माण भएका झोलुङ्गे पुलले कठिन यात्रा गर्दै आएका पैदल यात्रुका लागि आवागमनमा सहज भएको छ,” श्रेष्ठले भने, “निर्माण सम्पन्न भएका झोलुङ्गे पुलले गाउँ गाउँमा पर्यटकीय दृष्टिले समेत नौलो आयाम थपेको छ ।”

स्विस सरकारको प्राविधिक सहयोगमा नेपालमा सन् १९६० देखि झोलुङ्गे पुल निर्माण हुँदै आएको विभागले जनाएको छ । झोलुङ्गे पुल निर्माण आवश्यकताका आधारमा हुने भएकाले विभागमा हरेक वर्ष देशभरमा दुई हजारभन्दा बढी झोलुङ्गे पुल निर्माणका लागि माग हुने गरेको जनाइएको छ ।

 

Loading...