कञ्चनपुरमा खोलामा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मानबहादुर डगौराको छोरी १३ वर्षीया सृष्टि डगौराको सोमवार मृत्यु भएको हो।

सोमवार दिउँसो गौडी खोलामा नुहाउन गएकी सृष्टि घरमा नफर्केकोले खोजतलास गर्ने क्रममा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...