जिप्रका कञ्चनपुरको दुई महिनादेखि स्थगन गरिएका सेवा सञ्चालन (सूचना सहित)




कञ्चनपुर, ८ असार- कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज मंगलबार देखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु बन्द गरिएको थियो ।


बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले जानकारी दिए । अधिकृत भट्टका अनुसार नागरिकता सम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।



त्यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको प्रशासनले जनाएको छ । नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने बताइएको छ ।
सेवा प्रवाह सम्बन्धी सूचना :




