दाउराको छुटपूर्जी दिन घुस लिइरहेको अवस्थामा सहायक वन अधिकृत पक्राउ

डोटी-  निजी आवादी जमीनबाट संकलित दाउराको छुट पूर्जी दिन घुस मागेको आरोपमा एक सहायक वन अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीको जोरायल गाउँपालिका- २ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरीलाई घुस लिएको ५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको हो । गिरीलाई घुस लिदै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दाउरा व्यवसायी भण्डारीका अनुसार स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमिनबाट कानूनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि छुटपूर्जी दिन गिरीले १५ हजार घुस मागेका थिए । माग गरेको रकममध्ये १० हजार रुपैयाँ यसअघि नै बुझाइसकेको भण्डारी बताउँछन् ।

‘छुटपुर्जीका लागि पटक पटक आग्रह गर्दा पनि उहाँले दिनु भएन’, भण्डारी भन्छन्, ‘१० हजार त दिइसकेको थिएँ, तर उहाँले सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरी रकम माग गरेपछि आज थप ५ हजार बुझाएको हुँ ।’

नियन्त्रणमा रहेका गिरीसँग सोधपुछ गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बुडरका इञ्चार्ज नरभान साउँदले जानकारी दिए । अहिले रकम दिने व्यक्तिलाई पनि बोलाईएको र दुवै पक्षबाट विस्तृत जानकारी लिई जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरिने इन्चार्ज साउदले बताए ।

यस विषयमा डिभिजन वन कार्यालय डोटीका सूचना अधिकारी लक्ष्मीराज जोशीलाई सम्पर्क गर्दा आफु धनगढीमा रहेको र घटनाबारे कुनै जानकारी नपाएको बताए ।

Loading...