

डोटी – डोटीको सायल गाउँपालिका– २ ग्वानीमा रहेको जनज्योेती आधारभूत विद्यालयमा तोडफोड भएको छ । बिहीबार राती अज्ञात समूहले विद्यालयमा तोडफोड गरेको हो । विद्यालयको ताला तोडी कार्यालय भित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेको जनाएको छ ।



विद्यालयका केही कागजात सडकमा फालेको अवस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहले बताएका छन् । विद्यालयमा कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न नसकेको उनले बताए ।


घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताएका छन् । गत असारमा यो विद्यालय भवानी माध्यामिक विद्यालयसँग समायोजन गरिएको थियो ।





