कञ्चनपुरमा डेङ्गी सङ्क्रमणबाट बालिकाको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने करिब १२ वर्षीया लक्ष्मी सेरालाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ ।
केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Loading...