कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ टिकापुर रोडबाट २५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरी पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेका बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...