धनगढीमा ‘पेपरलेस धनगढी’ अभियान सुरु, अब अधिकांश सरकारी सेवा अनलाइनबाट

धनगढी- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘पेपरलेस धनगढी’ अभियान औपचारिक रूपमा सुरु गरेको छ।

यसअन्तर्गत ‘युनिफाइड डिजिटल गभर्नेन्स प्लेटफर्म (यूडीजीपी)’ सञ्चालनमा ल्याइएको छ, जसबाट नागरिकले जन्मदर्ता, सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायत अधिकांश सेवा घरमै बसेर अनलाइनमार्फत लिन सक्नेछन्।

Navadurga sun

नयाँ प्रणालीमार्फत नागरिकका सम्पूर्ण विवरण एउटै डिजिटल प्लेटफर्ममा सुरक्षित रहने, एकपटक अपलोड गरिएका कागजात पुनः पेश गर्न नपर्ने तथा सेवा प्रक्रियाको जानकारी मोबाइलमै प्राप्त हुने व्यवस्था गरिएको छ।

डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि उपमहानगरपालिकाले हेल्पडेस्क पनि सञ्चालन गर्ने जनाएको छ। साथै, ई–सिग्नेचर, डिजिटल भुक्तानी, फाइल ट्र्याकिङ, गुनासो व्यवस्थापन, राजस्व संकलन, विकास निर्माण अनुगमन तथा डेटा सुरक्षा लगायतका सेवासमेत यूडीजीपीमा समेटिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...