अत्तरियामा सामाजिक सद्भावका लागि सर्वधर्मीय संवाद आयोजना

अत्तरिया- कैलालीको अत्तरियामा सामाजिक सद्भाव, आपसी विश्वास र धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले सर्वधर्मीय संवाद कार्यक्रम आयोजना गरिएको छ।

आइतबार गोदावरी चेम्बर अफ कमर्सजय गोदावरी अभियान को आयोजनामा सम्पन्न चियापान तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न धर्म, जातजाति, भेषभूषा तथा पेशा–व्यवसाय र विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Navadurga sun

कार्यक्रममा सहभागीहरूले सामाजिक एकता, पारस्परिक सम्मान, धार्मिक सहिष्णुता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। आयोजकका अनुसार यस्ता संवाद कार्यक्रमले समाजमा मेलमिलाप र सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...