भदौदेखि शिक्षक महासंघको देशव्यापी आन्दोलन घोषणा

काठमाडौै- नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको राष्ट्रिय परिषद् बैठकले विभिन्न माग पूरा गराउन आन्दोलनमा जाने निर्णय गरेको हो।

महासचिव तुलाबहादुर थापाका अनुसार आन्दोलन गर्ने निर्णय भइसकेको छ भने आन्दोलनका कार्यक्रम र मिति आगामी विस्तारित कार्यालय बैठकले तय गर्नेछ। महासंघले नयाँ शिक्षा ऐन अविलम्ब जारी गर्न र शिक्षा नियमावलीको १०औँ संशोधनका शिक्षक हितविपरीत प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ।

Navadurga sun

त्यसैगरी शिक्षक सरुवा प्रणाली सुधार, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा अस्थायी शिक्षकहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि महासंघले दोहोर्‍याएको छ। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी महासंघले दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...