अत्तरिया- सडक दुर्घटनामा परिवारका सदस्य गुमाएका होटल व्यवसायी गगन महतलाई गोदावरी होटल व्यवसायी संघले आर्थिक सहयोग प्रदान गरेको छ।
संघका पदाधिकारी तथा सदस्यहरूले स्वेच्छिक रूपमा संकलन गरेको ३६ हजार रुपैयाँ नगद आइतबार एकमुष्ट रूपमा महतलाई हस्तान्तरण गरिएको हो।

गत असार २७ गते बझाङको दुर्गाथलीमा भएको जिप दुर्घटनामा महतले आफ्नी आमासहित परिवारका तीन सदस्य गुमाएका थिए।
दुःखको घडीमा थोरै भए पनि पीडामा मल्हम लगाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संघका अध्यक्ष लक्ष्मण धामीले बताए। महत अत्तरियामा हिल्टन होटल सञ्चालन गर्दै आएका छन्।
