कैलालीमा खोलामा डुबेर १२ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीमा खाेलामा डुबेर एक बालककाे मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खाेलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी डुबेका थिए ।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले तत्काल खटिएको टाेलीले उनलाई तत्काल उद्दार गरेकाे बताए तर उनकाे उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको महराले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...