नापतौल शिविरमा २ सय व्यवसायीले लिए सेवा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा नापतौलका यन्त्रहरुको नयाँ अनुमती पत्र तथा जाँच नविकरण गर्न आयोजित शिविरमा २ सय जनाले सेवा लिएका छन ।

Dadeldhura hospital

अत्तरिया उद्योग वाणिज्य संघ को सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय कैलालीले संचालन गरेको शिविरमा २ सय जनाले सेवा लिएका छन् ।

Navadurga sun
Godawari sandesh

३ दिन सम्म संचालन गरिएको शिविरमा २ सय भन्दा बढी जनाले सेवा लिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले जानकारी दिए । उक्त शिविर सोमबार देखि सुरु भएको थियो ।

शिविरमा पहिलो दिन ५१, दोस्रो दिन ६० र तेस्रो दिन ८९ जनाले सेवा लिएको बोहराले बताए । शिविर अत्तरिया उद्योग वाणिज्य संघको प्राङ्गणमा संचालन गरिएको थियो । पछिल्लो समय संघले विभिन्न शिर्षकमा शिविर सञ्चालन गर्ने गरेको छ । यस अघि अत्तरियामा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो ।

Loading...