डोटीमा डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

डोटी- डोटीमा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्बर–१ तिखाका प्रहरी हवलदार नवराज खड्काको डिउटीमा रहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए।

डोटी दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का बेहोस अवस्थामा भेटिए पछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो।

Navadurga sun

अस्पताल पुगे लगत्तै उनलाई मृत घोषणा गरिएको थियो। विगत लामो समयदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...