निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि

डडेल्धुरा, ५ असार– कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन्। कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा छाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लामा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी भएपछि निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको स्थानीय हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयको बताए। ग्रामीण सडकहरू निषेधाज्ञा र लगातारको वर्षात्ले बन्द हुँदा अत्यावश्यक खाद्यान्नलगायत निर्माण सामग्रीको पनि अभाव रहेको उनको भनाइ छ।

Navadurga sun
Godawari sandesh

असारेमै सम्पन्न गर्नुपर्ने निर्माणका काममा सामानको मूल्यवृद्धि भएका कारण उपभोक्ता समिति र निर्माण व्यवसायी अत्यधिक मारमा परेको निर्माण व्यवसायी सङ्घ डडेल्धुराका पूर्वमहासचिव दानबहादुर साउदले बताए। उाले भने, “मूल्यवृद्धि भन्दा अगाडि ठेक्का भयो, अहिले सामानको दर बढेर आकासियो । कसरी निर्धारित समयमा काम सम्पन्न गर्ने भन्ने चिन्ताले सताएको छ।” सुदूरपश्चिमको पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको डडेल्धुराबाट केही वर्षयता छिमेकी बैतडी र डोटी जिल्लामा निर्माण सामग्रीहरू जाने गरेको छ। (रासस)

Couple
Loading...